Connect with us
Kapilvast Forest

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा कर्मचारी अभाव नागरिकता बनाउन सास्ती

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु- जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा कर्मचारी अभाव हुँदा नागरिकता बनाउन सास्ती भएको छ । कर्मचारी अभावका कारण कार्यालयमा अन्य सेवा प्रवाह गर्न समेत जटिल भएको छ ।

गएको चार महिनादेखि कर्मचारी न्यून भएको कारण सेवाग्राहीको चाप बढ्दै गएको छ । जसका कारण नागरिकता बनाउन टोकन प्रणाली सुरु गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । अहिले असोज २० गते नागरिकता पालो आउने गरी टोकन बाँडिएको नेपालीले बताउनुभयो ।

छोरी ईशा रानाको नागरिकता बनाउनको लागि भदौ २८ गते कार्यालय पुग्नु भएको थियो । भीडभाड धेरै भएको कारणले टोकन कर्मचारीले टोकन दिएर गेटबाट फिर्ता गर्नुभयो । असोज १५ गते कागजात लिएर आउने गरी टोकन पाएको बुद्धभुमि २ का टङ्क रानाले बताउनुभयो ।

छोरीलाई कम्प्युटरको निःशुल्क तालिमको लागि नागरिकता अनिवार्य चाहिने भएकोले नागरिकता बनाउन कै लागि आधा महिना समय कुर्न पर्दा समस्या भएको रानाको गुनासो छ ।

कार्यालयमा ३३ जना कर्मचारीको दरबन्दी मध्ये ११ जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार तीनजना प्रशासकीय अधिकृतको हुनु पर्ने भए पनी कार्यालयमा प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । दुई जना प्रशासकीय अधिकृत मध्ये एक जनाको तीन महिना र एक जनाको तीन साता अघि सरुवा भए पनि कार्यालयमा हाजिर हुन आउनु भएको छैन । यसै गरी १० जना नासुको दरबन्दीमा चार जना रिक्त छन् ।

एक जनाको सरुवा भए पनि कार्यालय सञ्चालन गर्न असहज भएको कारणले सरुवा रोकिएको नेपालीले बताउनु भयो । पाँच जना खरदारको हुनु पर्ने भए पनि चार जना रिक्त छन् ।

कार्यालयमा नागरिकता बनाउनको लागि दैनिक तीन सय जना आउने गरेका छन् । हालको क्षमता अनुसार दैनिक एक सय जनालाई मात्र नागरिकता बाँड्न सकिएको छ । सम्बन्धित कर्मचारी नहुँदा कार्यालय सहयोगी खटिदा नागरिकता वितरण जस्तो सम्वेदनशील कार्यमा कमजोरी हुन सक्ने देखिएको अधिकारकर्मी शिवलाल यादवले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu