कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
धनगढी-कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २७ वर्षीया लक्ष्मी कुँवर रहनु भएको छ ।
सोमबार साँझ आफ्नै घरमा करेन्ट लागेर गम्भीर घाइते हुनु भएको थियो ।उहाँको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।