Connect with us
Kapilvast Forest

रासायनिक मललाई पाँच अर्ब अपुग: अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

bhumi

 

काठमाडौँ- रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन माग गरे पनि अर्थ मन्त्रालयले १५ अर्ब रूपैयाँ मात्र विनियोजन गरेको छ।

चालु आर्थिक वर्ष ०७८/७९ मा मल खरिदका लागि १२ अर्ब रूपैयाँ बजेट विनियोजन भएको थियो। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत तीन अर्ब थपेर१५ अर्ब रूपैयाँ पुर्‍याएका छन्। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले थप बजेट आवश्यक भएको पशुपन्छी मन्त्रालयको भनाइ छ।

माग अनुसारबजेट विनियोजन नहुँदा रासायनिक मलको अझै अभाव हुन सक्ने भन्दै कृषि मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन्। सरकारले चालु आवमा करिब चारलाख मेट्रिक मल आयात गरेरबिक्री गर्ने योजना बनाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले रासायनिक मल खरिदका लागि करिब २० अर्ब रूपैयाँ विनियोजन गर्न आग्रह गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu