Connect with us
Kapilvast Forest

आजदेखि साहस ऊर्जाको आईपीओ निष्कासन

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं – साहस ऊर्जा लिमिटेडले आज बुधवारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको विवरण पत्रअनुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस अवधिसम्म माग गरिए जति आवेदन नआएमा असोज २० सम्म निष्कासन खुला हुने विवरण पत्रमा उल्लेख छ ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङ दूधकोसी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला ९दूधकोसी० जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रति–मेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ हुने विवरण सार्वजनिक गरेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी तीन अर्ब पचास करोड रुपैयाँको प्रतिशेयर एक सय रुपैयाँ अङ्कित दरले हुने तीन करोड पचास लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो । त्यहीअनुसार प्रतिशेयर एक सय रुपैयाँ अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गएको साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्कासन गरिएको थियो जसको बाँडफाँडसमेत भइसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu