Connect with us
Kapilvast Forest

सप्तरीमा छुट्टाछुट्टै ठाउँमा पानीमा डुबेर तीन जनाको ज्यान गयो

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

सप्तरी – सप्तरीमा पानीमा डुबेर एकैदिन तीन जनाको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका, तिलाठी कोईलाडी र महादेवामा गरी तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाका राजेशकुमार चौधरीकी छोरी ३ वर्षकी एलिजाकुमारी, कपडा धुने क्रममा तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका भतो मंसुरीकी छोरी १२ वर्षकी सबना खातुन र भाँडा मस्काउने क्रममा महादेवा गाउँपालिका ४ परसाही टोलका अमृत सदाकी ३० वर्षकी छोरी लक्षन कुमारी सदाको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

तीनवटै घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu