Connect with us
Kapilvast Forest

प्याब्सन काठमाडौं मेट्रोको अधिबेसन असोज ९ गते हुने

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं -प्याब्सन(PABSON) काठमाडौं मेट्रोको अधिबेसन यही मिति २०७८ साल असोज ९ गते हुने भएको छ। हिजो बसेको प्याब्सन मेट्रोको पूर्ण बैठकले अधिबेसन सम्बन्धी निर्णय गरेको हो।

यसैगरी असोज ७ गते बेलुकी ५ बजे बानेश्वरको थापागाउँ स्थित काठमाडौं ब्याङक्वेटबाट प्याब्सन काठमाडौं मेट्रोले अधिबेसनका लागि पत्रकार सम्मेलन समेत गर्दैछ। काठमाडौं महानगर भित्रका सम्पूर्ण प्याब्सन सदस्य विद्यालयहरुलाई अधिबेसनमा सहभागि हुनको लागि प्याब्सन कमिटीले अनुरोध गरेको छ।

यस अधिबेसनबाट नयां कार्यसमिति चयन हुनेछन् जसको कार्यकाल २ वर्षको रहनेछ। प्याब्सन काठमाडौं मेट्रोको अधिबेसनको सम्पूर्ण तयारी पूरा भएको र अधिबेसनका लागि सदस्य विद्यालयहरु उत्साहित रहेको कुरा प्याब्सन काठमाडौं महानगर सदस्य तथा प्रचार बिभाग प्रमुख तथा महर्षि स्कुलका प्रिन्सिपल निर्मल पौडेलले जानकारी दिनुभयो।

यसपटकको अधिबेसन सकेसम्म सर्वसम्मत गराउन प्रयास भइरहेको र सबै साथीहरुले साथ दिनुहुने विश्वास रहेको अध्यक्ष मुरारी प्रकाश संजेलले बताउनुभयो। कार्यक्रम असोज ९ गते दिनको १ बजेदेखि बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्याङक्वेटमा हुँदैछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu