Connect with us
Kapilvast Forest

रूपामाथि जातीय विभेद घटना घरबेटी प्रधान धरौटी तिर्न आदेश

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं-काठमाडौं जिल्ला अदालत काठमाडौंले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनु भयो । जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फर्किनु भएको छ ।

सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा प्रधानविरुद्ध मुद्दा दायर गरिएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu