Connect with us
Kapilvast Forest

न्याय खोज्न नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा ,शिवराज १मा स्वागत

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

 

कपिलवस्तु- नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्याय माग्दै शुरू भएको नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा तय गरेको टोली कपिलवस्तु आइप्गेको छ । राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको आयोजनामा असोज १ गते पैदल यात्रा शुरू गरेको पद यात्रा बुधवार कपिलवस्तुको शिवराज १ मा आएको टोलीलाई कपिलवस्तुको शिवराज वडा नम्बर एक मा शिवराज नगरपालिकाककि उप प्रमुख शिवकुमारी चौधरी , वडा न १ का वडा अध्यक्ष जगत जि सी , कार्यपाकिा सदस्य  लक्ष्मी हमाल , दलित मानव अधिकार निगरानि समितिकि अध्यक्ष मिना परियार , किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावल लगायतले स्वागत गर्दै सफल यात्राकाको कामना गर्दै न्यायको लागि कामना गर्नु भएको थियो ।

उनीहरूले घरेलु हिंसापीडित नन्कुन्नी धोबी तथा विधवा महिला निर्मला कुर्मीको हत्यामा संलग्न सबै दोषीहरूलाई कारवाही हुनुपर्ने र बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी तथा डीएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारवाहीको माग गरेका छन् ।

धोबी र कुर्मीको न्यायका लागि बाँकेमा १९ दिनसम्म धर्ना दिइएको थियो । तर, माग सुनुवाइ नभएपछि दबाबमूलक पैदल यात्रा तय गरिएको महिला अधिकार मञ्चले जनाएको छ । उनीहरूले हत्याका दोषीहरूलाई प्रहरीले राजनीतिक दबाबमा संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

पीडित परिवार र अधिकारकर्मीहरुको धर्नापछि प्रहरीले भदौ २० गते मुद्दा दर्ता गराएको थियो भने धर्ना बसेको १५औँ दिन अर्थात् भदौ २७ गते मृतक नन्कुन्नीका श्रीमान् रामकुमारीलाई प्रहरीले पक्राउ गरेको थियो। अन्यलाई भने प्रहरीले पक्राउ गरेको छैन। एकल महिला निर्मला कुर्मीका नाममा रहेको सम्पत्ती लिनलाई पनि परिवारका सदस्यहरुले हत्या गरेको महिला अधिकार मञ्चकी बाँककी इन्चार्ज खानले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu