Connect with us
Kapilvast Forest

राधे श्यामको अध्यक्षतामा ३१ सदस्य मुक्ति समाज गठन

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

संजीव गहतराज-सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगरपालिका ११ नम्बर वडाको वडा भेला सम्पन्न भएको छ । नेकपा ऐमाले निकट दलित सुमदायहरुको भेलाले अध्यक्ष राधे श्याम ढाडि, बरिष्ट उपाध्यक्ष बिक्रम चमार, उपाध्यक्ष कमला सुनार, सचिव ललिता धोवि, सह सचिव जनक नेपाली, कोषाध्यक्ष खेमराज ढाडी सहित ३१ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन गरेको छ ।

कार्यक्रममा सामन्ती संस्कारको रुपमा रहेको जातीय छुवाछुत अन्तको लागि सबै एक जुट भई संगठन निमार्ण गर्नुपर्ने र सुर्य चिन्ह अंकीत नेकपा ऐमालेलाई निवार्चनमा मत दिई पहिलो पर्टी बनाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव चन्द्र बहादुर गहतराजले जोड दिनुभयो ।

समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म नेकपा ऐमाले विजयी बनाउनपर्नेमा नेकपा ऐमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले जोड दिनुभयो । कार्यक्रममा बोल्दै समाजमा यस्ता रुढीवादी अन्धविश्वास प्रम्परा र संस्कारहरुलाई जरैबाट उखलेर फाल्नु पर्ने नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा लुम्बनी प्रदेश सांसद अर्जुन के.सीले बताउनु भयो ।

सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्नेमा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारु, नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर अध्यक्ष जगत पौडेल, नेकपा ऐमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य महादेव पोखे्रल, नेपाल उत्पीडित जातीय मुक्ति समाज शिवराज नगर उपाध्यक्ष टिका वि.क सचिवालय सदस्य प्रेम सुनार, नेकपा एमाले नेता तथा समाज सेवि शम्भु रायमाझि, राम प्रसाद चौधरीले जोड दिनुभयो । कार्यक्रम नेकपा ऐमाले शिवराज नगरपालिका वडा नं.११ वडा अध्यक्ष इन्द्र प्रताप सेनको स्वागत, नेपाल उत्पीडित जातीय मुक्ति समाज शिवराज नगर कमिटि सदस्य शुभावती कोरीको अध्यक्षता र संजीव गहतराजले संचालन गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu