नेकपा (एस) शिवराजको इन्चार्जमा शर्मा, अध्यक्षमा पौडेल
कपिलवस्तु –
नेकपा (एकीकृत समाजवादी) शिवराज नगरमा इन्चार्जको जिम्मेवारी छविलाल शर्माले पाउनु भएको छ त्यस्तै शिवराज नगर कमिटीको अध्यक्षमा युवा नेता सरोज पौडेल चयन हुनुभएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले शर्मालाई इन्चार्ज र पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।त्यस्तै शिवराजबाट नेकपा समाजबादी को जिल्ला सदस्यमा अर्जुन प्रसाद बेल्बासे , शुमित्रा अधिकारी ,कविता आचार्य लगायत मनोनीत हुनु भएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाणगंगा नगरपालिकाको इन्चार्जमा कमल भट्टराई र अध्यक्षमा दीपक पन्थीलाई जिम्मेवारी दिइएको छ ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको प्रथम जिल्ला कमिटी बैठकले लंका बहादुर हमाल अध्यक्ष रहेको ७७ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको हो ।
शुक्रबारको पहिलो बैठकले उपाध्यक्षमा गीता अन्जान, नेत्रलाल खनाल, सचिवमा सर्वेन्द्रदेव खनाल, उप सचिवमा ओमप्रकाश कुर्मीलाई सर्वसम्मत चयन गरेको हो ।