Connect with us
Kapilvast Forest

चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं- चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ ।भासिनको ७५ वर्षको उमेरमा आज बिहान तीन बजे निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

भासिन क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको भन्दै कविताले कठिन परिस्थितिका बाबजुद पनि उहाँले जीवनलाई उत्सवमय बनाएको उल्लेख गर्नुभएको छ ।

महिला अधिकारको क्षेत्रमा ठूलो योगदान पुर्याएकी भासिनले ‘सङ्गत’ नेटवर्कमार्फत अभियान चलाउनुभएको थियो । भारतमा मध्यमवर्गीय महिलालाई बाँच्नको लागि निकै कठिन भएको भन्दै भासिनले भारतीय महिलालाई रोग, भोक र हिंसाबाट पीडित हुनबाट बचाउनुपर्ने अभियान चलाउनुभएको थियो ।भासिनको ‘क्यों कि मे लड्की हूँ, मुझे पढ्ना है’ चर्चित कविता हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu