Connect with us
Kapilvast Forest

पोखरा महानगरपालिकामा बिजुक्छे विजयी

२०७८, १० आश्विन आईतवारमा प्रकाशित

पाेखरा-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित भएका छन्।

आज बिहान घोषित मतपरिणामअनुसार उनले ४१४ मत प्राप्त गरे । उनका निकटम प्रत्यासी गङ्गाधर पराजुलीले ३४६ मत प्राप्त गरे। महानगरको सभापतिमा कूल छ जनाको उम्मेदवारी परेकामा खसेका कूल एक हजार ३४४ मतमध्ये रामराज लामिछानेले २०९, मिलन तिवारीले १५३, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे।

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहनुभएका बिजुक्छे यसअघि नेपाली कांग्रेस पोखरा महानगरको उपसभापति थिए । यसैगरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित भएका छन्। उपसभापतिका छ प्रत्यासी रहेकामा निर्दोशविक्रम पौडेलले ४०७, राजेन्द्र बरालले ३७४, कृष्णप्रसाद अधिकारिले ३६५ र शिव केसीले १७३ मत प्राप्त गरे।

दुईजना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा विजयी भए। बाँस्तोलाले ८४९ र थापाले ८०३ मत प्राप्त गरे। सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६१७ मत प्राप्त गरे। सहसचिवमा ५८० मत प्राप्त गर्दै सङ्घर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै सञ्जय आले निर्वाचित भए। सहसचिवका छ उम्मेदवारमध्ये नरेन्द्र बाँस्तोलाले ४५८, पुष्पराज सिग्देलले २४४, रवीन कायस्थले २७८ र लक्ष्मी बाँस्तोलाले ३८६ मत प्राप्त गरे।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu