Connect with us
Kapilvast Forest

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको छ ।प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर आजदेखि प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको उपकुलपति प्रा डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । यस वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेड राखिएको छ ।

एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थकर्मीको चाैबिसै घण्टा उपलब्धतासहितको व्यवस्थासहित सेवा सुरु गरिएको प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले जानकारी दिनुभएको छ ।

प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम सेवा भएको प्रतिष्ठानले जनाएको छ । आजदेखि बेडसहित राप्ती स्वास्थ विज्ञानमा अब १ सय ७५ बेड सञ्चालनमा आएको छ ।

प्रतिष्ठान आउँदाे वर्षदेखि शैक्षिक कार्यक्रम सुरु गर्ने तयारीमा रहेको शिक्षाध्यक्ष डा. वसन्त लामिछानेले जानकारी दिनुभयो ।सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान जडान, विभिन्न विशेषज्ञ सेवा प्रदान गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको डा. लामिछानेले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu