काग्रेस शिवराज चुनाव हुने पक्का, को बलियो ?
कपिलवस्तु –नेपाली काँग्रेस शिवराजको नगर सभापतिको पदको लागि लागि भोलि हुने निर्वाचनमा तिन जना प्रतिस्पधाको मैदानमा होमिने पक्का भएको छ । काग्रेस नगरसमिति निर्विरोध बनाउने भन्दै ७ सदस्य कार्यदल गठन गरे पनि निर्वाचनको अघिल्लो दिन सम्म पनि सहमति जुट्न नसकेपछि भोली निर्वाचन हुने पक्का भएको हो ।
नेपाली कांग्रेस शिवराज नगर सभापतिको पदमा अहिले कार्यवाहक सभापति मधु पोख्रेल , नेविसंघका जिल्ला सचिव राजु खराल र मेघराज रेग्मि उम्मेदवार बन्ने भए पछि कडा प्रतिशप्रधा हुने भएको छ । सहमति जुट्न नसकेपछि तिनै जना प्रतिस्पर्धीहरु प्रचार प्रसारमा जुटेका छन् ।चुनावि प्रतिशप्रधामा उत्रेका तिनैै उम्मेदवारले सभापतिमा आ–आफ्नो जितको दावि गरेका छन ।
नगर सभापतिमा पुन एक पटक दोहोरीका पोख्रेल आम मतदाता तथा युवाहरु विच लोकप्रिय युवा नेता मानिन्छन् । नगरपालिका क्षेत्रका सवै वडामा आफु सक्रिय भई लागेका पोख्रेलले आफु नेता तथा समर्थक कार्यकर्ताको आग्रहमै अझै एक कार्यकाल सभापति दोहोरीएको र जित निश्चित भएको दावि गर्नु भयो ।
त्यस्तै नगर सभापतिका अर्का प्रतिशप्रधि राजु खरालले पनि आफनो जितको दावि गर्नु भएको छ । खरालका समर्थकहरु पेख्रेलको विकल्प खोज्ने पक्ष्मारहेको पाइन्छ। शिवराजमा प्रभावशाली युवा नेताहरूले खरालको पक्षमा युवा जमातको समर्थन रहेको छ ।
भोलिहुने शिवराज नगर सभापतिको आ–आफ्नो दाबी दोहो¥याएका छन्। यता मेघराज रेग्मीले पनि आफ्नो दाबी हुने बताएका छन । काग्रेस स्रोतका अनुसार रेग्मीले अन्तिम अवस्थामा आफ्नो उम्मेदवारी फिर्ता लिएर पोखरेल र खराल मध्ये एक लाई समर्थन गर्ने सोहि उम्मेदवारी बलियो बन्न सक्ने बताइन्छ । अहिले दुबै गुट आन्तरिक छलफलमा व्यस्त छ।