माधव नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना
काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उहाँ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको उहाँको स्वकीय सचिवालयले जनाएको हो।
अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको उहाँका स्वकीय सचिव मोहन गौतमले बताउनु भयो ।गौतमका अनुसार नेता नेपालको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा। सन्तकुमार दाससहितको टोली उपचारमा संलग्न रहेको छ ।