कांग्रेस सभापति: कृष्णनगर नगरमा शुक्ला कपिलवस्तु नगरमा खाँ निर्वाचित
कपिलवस्तु-
नेपाली कांग्रेस कृष्णनगर नगर समितिको सभापतिमा देवानन्द शुक्ला विजयी हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा शुक्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।
उहाँले आफ्ना प्रतिस्पर्धी अजय उपाध्यायलाई पराजित गर्नुभएको छ ।विजयी शुक्लाले ९५ मत पाउनुभएको छ भने पराजित उपाध्यायको ७९ मत छ ।
नेपाली कांग्रेसको कपिलवस्तु नगर सभापतिमा खुर्सेद अहमद खाँ ,जियनगर गाउँपालिकाको गाँउ सभापतिमा जानकि प्रसाद यादव ,शिवराजमा मधु पोख्रेल ,वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा ,महाराजगन्जमा को नगर सभापतिमा राम अचल कुर्मी निर्वाचित हुनुभएको छ ।