Connect with us
Kapilvast Forest

मन्त्रालयको भागबण्डा आजभोलि नै टुंगिन्छः प्रचण्ड

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौँ – नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताएका छन् । बिहीबार काठमाडौँमा भएको सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं ।

अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदैछ ।’ प्रचण्डले गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रममा पारिएको बताए । साझा न्युनतम कार्यक्रममा सहिद तथा वेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको भन्दै विगतमा छुटेकाहरूलाई समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने भनेर प्रक्रिया पनि अघि बढेको प्रचण्डको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu