कांग्रेस वाणगंगाको सभापतिमा थापा निर्वाचित
कपिलवस्तु-
नेपाली कांग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।
उहाँले आफ्ना प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठ लगायतलाई पछि पार्दै नगर सभापति जित्नुभएको हो । थापा वाणगंगा नगरका पूर्व पार्टी उपसभापति समेत हुनुहुन्थ्यो ।