Connect with us
Kapilvast Forest

बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना भएका व्यक्ति पक्राउ

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

pakrau fiture

काठमाडौँ- नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ महानगरपालिका–६ का ६७ वर्षीय नारायणभक्त सङ्गतलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २७ को फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवानापछि फरार रहेका सङ्गतलाई विहीबार काठमाडौँको सिफलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका उनले आफ्नो सिटिजन बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि विहीबारै काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu