शिवराजमा ७९ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा स्थित राष्ट्रिय मा.वि मा २ दिने लैङ्गिक समानता र समाजिक समावेशीकरण विषयक तालिम सम्पन्न भएको छ । अस्ट्रोलिएन सरकार डिफ्याट को आर्थिक सहयोग, रिड नेपालको आयोजना तथा शिवराज नगरपालिका शिक्षा शाखाको समन्वयमा २ दिने लैगिंक समानता र समाजिक समावेशीकरण विषयक तालिम सम्पन्न भएको हो ।
शिवराज नगरपालिका अन्र्तरगतको १२ ओटा माध्यमिक विद्यालयका फोकल शिक्षकहरुलाई तालिम दिएको रिड नेपालकी कार्यक्रम संयोजक गिता सुवेदीले जानकारी दिनु भयो ।
तालिममा शुभकामना दिदै सिकेका कुरालाई विद्यालयमा गई लागु गर्न , विद्यालयमा लैगिंक समताका लागी काम गर्न र विद्यालयमा केही कमीकमजोरी भएमा शिक्षा शाखमा खवर गरेमा आफुले सहयोग गर्न तयार रहेको शिवराज नगरपालिका शिक्षा शाखा संयोजक पुर्ण बहादुर विश्वकर्माले बताउनु भयो ।
तालिम मा विद्यालयमा गुनासो पेटिकाको व्यावस्था गर्ने र सुनुकाई गर्ने, सेनेटरी प्याड प्रयोग तथा व्यावस्थापन गर्ने,छात्र छात्रा दुवैलाई प्राथामिकतामा राखेर शिक्षण गर्ने,अपाङ्गमैन्त्री सिकाई सहजीकरण गर्ने र विद्यालयमा कोविड १९ को समयमा स्वास्थ्य सुरक्षा मापदण्ड तय गर्ने र रेडियो टेलिभिजन बाट सिकाई सामाग्री तयार पारि प्रसारण गरि बैकल्कि सिकाई सहजीकरण लाई प्रभावकारी बनाउन अन्र्तक्रियात्मक कार्यक्रम गर्ने लगाएत को व्यावस्थ गर्ने शिक्षकहरुले प्रतिवद्धता जनाउदै तालिम निकैफल दाही रहेको बताएका छन ।
तालिममा ११ ओटा माध्यमिक विद्यालयका ७९ जना अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री, झोला,मास्क, र सेनिटाइजर वितरण गरिएको छ ।रिड नेपालकी कार्यक्रम संयोजक गिता सुवेदी र एजुकेशन फोर्कल पर्सन चन्दु बोहराको प्रशिक्षणमा तालिम सम्पन्न भएको थियो ।