Connect with us
Kapilvast Forest

एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो र एप

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नु भएको हो ।

एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

 

एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार नयाँ सदस्यता एपमार्फत लिन सकिन्छ भने पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिनेछ ।

उहाँका अनुसार पार्टीको निर्णय र अपानिहरु एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu