Connect with us
Kapilvast Forest

शिवराज ४ मा नेकपा एकीकृत समाजबादीको २१ सदस्यीय वडा कमिटी गठन

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु-नेकपा एकीकृत समाजबादीको वडा भेला सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ४ मा आइतबार भेला सम्पन्न भएको हो । भेला ले इतराज मुसलमान को अध्यक्षमा २१ सदस्यीय वडा कमिटी गठन गरेको शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।

जिल्ला उपाध्यक्ष साहिजात आलम को अध्यक्षतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै प्रदेश समिती सदस्य अव्दुल अहमद रउफले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गफ र उनको प्रवृती विरुद्ध लड्नका निमित्त नेकपा एमाले छुट्टीएको नभई पुर्नगठित भएको बताउनु भयो ।

यसै विच भेलामा सम्बोधन गर्ने बत्ताहरुले शिवराज नगरपालिका मा हुने गरेका विकासका काममा कमिसनका लागी बाटोको मात्रै विकास भएकोले अन्य सम्पुर्ण क्षेत्रमा विकासका काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रम नेकपा एसका जिल्ला अध्यक्ष लंक बहादुर हमाल,सहचिव ओम प्रकाश चौधरी, शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेल,अर्जुन बेल्बासे,विष्णु पाण्डेय, प्रकाश पाण्डेय लगाएको उपस्थितीमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu