Connect with us
Kapilvast Forest

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

काठमाडौँ – राष्ट्रिय महिला आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले आइतबार आर्थिक वर्ष ०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।

राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गर्नु भएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको संघर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैंगिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माण गर्नेगरी आयोगले काम गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले आयोगलाई आगामी दिनमा अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक अधिकारको संरक्षण र संवद्र्धन तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्नसमेत निर्देशन दिनु भयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष पराजुलीले आयोगबाट आर्थिक वर्ष ०७७र७८ मा सम्पादित काम कारबाहीलाई समेटेर तयार गरिएको चौधौं वार्षिक प्रतिवेदनमा समेटिएका मुख्य–मुख्य विषयहरू बारेमा संक्षेपमा प्रकाश पार्नु भएको थियो । प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा, जया घिमिरे र सावित्रा कुमारी शर्मासहित आयोगका सचिव, उपसचिवलगायत कर्मचारीको उपस्थिति थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu