Connect with us
Kapilvast Forest

भाडा नतिरेका सेवाप्रदायकको लाइन काटिएको प्राधिकरणको स्पष्टोक्ति

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

bidut

 

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सरकारले तोकेको भाडादर तिर्न नमानेका सेवाप्रदायकको लाइन काटेको बताएको छ।केही सेवाप्रदायकले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेको र सम्झौता गर्न नमानेकाले यसो गर्नुपरेको उसको भनाइ छ।

नेपाल टेलिकम, एनसेल, सिजी नेट, डिसहोम, फाइबर वर्ल्ड कम्युनिकेशनलगायतले नयाँ भाडादरका आधारमा प्राधिकरणसँग सम्झौता गरी भाडा बुझाएको बताइएको छ। विगत ५ वर्षदेखि कुनै किसिमका भाडा नबुझाई संरचना प्रयोग गरी ग्राहकबाट शुल्क उठाइरहेका सेवाप्रदायकप्रति लक्षित रहेको प्राधिकरणले बताएको छ।

उपभोक्ताबाट शुल्क उठाउने तर निर्धारित भाडादर तिर्न अस्वीकार गरेका सेवाप्रदायकका तारको कनेक्सन केही ठाउँमा सांकेतिक रूपमा विच्छेद गरिएको प्राधिकरणको स्पष्टोक्ति छ। हाल ती तार जडान भइसकेको उसको दाबी छ। समितिको सिफारिसका आधारमा प्राधिकरण सञ्चालक समितिको बैठकले २०७५ सालमा लागू गरिएको भाडादर पुनरावलोकन गर्दै १ भदौ २०७७ बाट नयाँ भाडादर लागू गर्ने निर्णय गरेको थियो।

विज्ञप्तिमा भनिएको छ‚ ‘केही सेवाप्रदायकले प्राधिकरणको अनुरोधलाई वेवास्ता गरी संरचना प्रयोग गरेबापतको भाडादर सरकारी निकायलाई बुझाउनुपर्ने राजस्व वर्षौदेखि नबझाउनु न्यायोचित मान्न सकिँदैन।’

राज्यको संरचना प्रयोग गरेबापत प्रत्येक नागरिक एवम् सेवाप्रदायकले तोकेबमोजिम राजस्व बुझाउनु अनिवार्य दायित्व भएको उल्लेख छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu