Connect with us
Kapilvast Forest

एनसेलले ल्यायो ज्येष्ठ नागरिक लक्षित निःशुल्क सिमसहितको विशेष योजना

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

NCELL

काठमाडौं– एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरूसहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा  शुक्रवारदेखि सञ्चालनमा ल्याइएको यस योजनाअन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूले एनसेलको सिम निःशुल्क लिन सक्ने र साथै ५० रुपैयाँ वा त्याेभन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रूपमा पाइने सेवा, सुविधाहरूको फाइदा लिन सक्ने एनसेलले जनाएकाे छ ।

यो योजनाअन्तर्गत पहिलो ५० रुपैयाँ वा त्याेभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकले १०० एमबी डाटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकले ६ महिनासम्म विशेष छुटसहितको शुल्कमा भ्वाइस, डाटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुट अन्तर्गत १ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवा, एक रुपैयाँ प्रति एमबीमा डाटा सेवा र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा भारतमा कल गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यसका साथै यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले सात दिनको समयसीमा रहेको २०० एमबी डाटा बोनस स्वरूप प्राप्त गर्दछन् । त्यस्तै १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत ५०० एमबी डाटा पाउँछन् । २०० वा त्याेभन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डाटा बोनस स्वरूप प्राप्त गर्नेछन् ।

ज्येष्ठ नागरिकले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गइ सजिलै यो सिम कार्ड लिइ सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गतेसम्म सञ्चालनमा रहने एनसेलले जनाएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu