Connect with us
Kapilvast Forest

मुस्ताङका भेडा च्याङ्ग्रा बजारमा

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

म्याग्दी -नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङका भेडा च्याङ्ग्रा बजारमा आउन थालेका छन्।कोभिड–१९ का कारण तिब्बतबाट भेडा च्याङ्‍ग्रा ल्याउन नसकेपछि मुस्ताङका विभिन्न ठाउँहरुमा पालिएका भेडा च्याङ्‍ग्रा बजारमा आउन थालेका हुन्।

गत वर्ष पनि कोभिड १९ का कारण कोरला नाका बन्द हुँदा तिब्बतबाट भेडा च्याङ्‍ग्रा आयात हुन नसक्दा मुस्ताङबाट ७ हजार बढी भेडा च्याङ्‍ग्रा बजारमा पठाइएको थियो। गत वर्ष साना भेडा च्याङ्‍ग्रा समेत बजारमा पठाइएकाले यस वर्ष मुस्ताङमा नै भेडा चाङ्ग्राको संख्या कम भएकोले ४ हजारको हाराहारीमा बजार पठाउन थालिएको उद्योग वाणिज्य संघ मुस्ताङले जनाएको छ।

‘अत्यन्त कम संख्यामा मुस्ताङबाट भेडा च्याङ्‍ग्रा निकासी भएका छन्,मूल्य आकासिएको छ’ मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएर बेनी आउँदै गरेका पृथ गुरुङले भने ‘बेनी–जोमसोम सडकमा ज्यान फालेर यहाँसम्म ल्याइपुर्‍याए, चार दिन लाग्यो।’

गुरुङका अनुसार मुस्ताङमा नै अत्यन्त कम भेडा च्याङ्‍ग्रा भएका कारणले गोठमा नै एउटा च्याङ्ग्राको रु ३४ हजार भन्दा बढी तिर्नु परेकाले यस वर्ष भेडा च्याङ्ग्राको मूल्य बढेको हो।

‘एक त गोठमा नै महङ्गा भए,त्यसमाथि बाटोको समस्याका कारण यस वर्ष मुस्ताङका भेडा च्याङ्ग्राको मूल्य बेनीमा नै रु ३५ हजार भन्दा माथि पर्छ, पोखरा–काठमाण्डौ पुर्‍याउँदा रु ३८ हजारको हाराहारीमा पर्न आउला’ गुरुङले बताउनु भयो ।

तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्‍ग्राको भाउ प्रतिगोटामै सातदेखि १० हजारसम्मले महँगिएको लोमान्थाङ्गका व्यापारी पासाङ गुरुङले जानकारी दिनु भयो। मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष मुस्ताङमै भेडा च्याङ्‍ग्राको अभाव देखिएको बताउनु भयो।

गतवर्ष मुस्ताङबाट मात्रै करिब ७ हजार च्याङ्‍ग्रा बिक्रीका लागि पठाइएकोले यस वर्ष मुस्ताङमा पनि धेरै भेडा च्याङ्‍ग्रा नभएकाले समस्या उत्पन्न भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष तुलाचनले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu