Connect with us
Kapilvast Forest

एमालेकाे अवराेधका कारण सांसदहरूकाे मानव अधिकार हनन भएकाे छ : खिमलाल देवकाेटा

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

khimlala devkota

काठमाडौं – राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले एक महिनादेखि संसदमा एमालेको अवरोधका कारण बोल्न नपाएको भन्दै सांसदहरूको मानव अधिकार हनन भएको बताउनुभएकाे छ ।

आज साेमवारकाे बैठकमा राष्ट्रिय सभा सदस्य देवकाेटाले सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरू प्रयोग हुने गरेको भन्दै नियमापत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘झन्डै एक महिना भयो अधिवेशन सुरु भएको । यतिका दिनदेखि हाम्रो मुख थुनिएको छ । बोल्न दिइएको छैन । सांसदको मानव अधिकार हनन भएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आँच पुर्‍याउने काम भयो । यसमा खेद छ । प्रायः सबै बैठकमा विपक्षी दलका माननीयज्यूहरूबाट प्रतिनिधि सभाका सम्माननीय सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरू प्रयोग भएका छन् । म प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावली २०७५ को नियम २६ अनुसार नियमापत्ति गर्दछु ।’

सांसद देवकोटाले अदालतमा विचाराधीन विषयमा बहस गर्न नपाउने र सभामुखको निर्णयमा प्रवेश गर्न नपाउने संवैधानिक र कानुनी व्यवस्था हुँदा हुँदै संविधान र कानुनको अपमान हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभामा कार्यहरू भइरहेको भन्दै त्यसको भर्त्सना गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक असोज २४ गते आइतवार दिउँसो २ बजे बस्ने भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu