Connect with us
Kapilvast Forest

३ बुँदे सहमति कार्यान्वयनका लागि नेकपा कपिलवस्तुद्वारा दुई घन्टा धर्ना

२०७८, १९ आश्विन मंगलवारमा प्रकाशित

 

कपिलवस्तु- नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नेकपा कपिलवस्तुले तीन बुँदे सहमति कार्यान्वयनका लागि सोमबार जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि दुई घन्टाको धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेकपाका कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीले २०७७ फागुन २१ गते तत्कालीन केपी ओली सरकारसँग नेकपाले तीन बुँदे सहमति गरेको तर सहमति भएको करिब सात महिनाको अन्तिम अवधिसम्म आइपुग्दा पनि तीन बुँदे कार्यान्वयन नभएकोमा दुख व्यक्त गरे । उनले आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीति अन्तर्गत जनमतसंग्रहको वातावरण तयारमा सरकारले कुनै चासो नदेखाएको र त्यो विषयमा स्पष्ट धारणा पुष्टि गर्न पनि नसकेको बताए ।

सरकारले आफ्नो पार्टी संग गरेको सहमति अनुसार तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, राजबन्दी रिहा गर्नुपर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिइएको बताए । केन्द्रीय घोषित कार्यक्रम अनुसार आज देशभरका जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने र असोज २० गते देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

धर्ना कार्यक्रममा थारु राष्ट्रिय मुक्ती मोर्चा केन्द्रिय संयोजक संघ प्रसाद थारु (सुनिल) , बिजयनगर गाउपालिका सेक्रेटरी राजेन्द्र साह प्रताप , शिवराजनगर पालिका सेक्रेटरी पाबेल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विज्ञान क्षेत्रि, युवा संगठन नेपाल जिल्ला अध्यक्ष सागर , युवा संगठन नेपाल लुम्बिनी ब्युरो सदस्य बादल लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu