Connect with us
Kapilvast Forest

शिवराजमा रक्तदान :८१प्वाइन्ट रगत संकलन

२०७८, २० आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु -विजया दशमीको पुर्व शन्ध्याको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा शिवराज ५ चन्द्रौटामा भएको रक्तदान कार्यक्रममा ८१प्वाइन्ट रगत संकलन भएको छ ।
रक्त संकलन कार्यक्रममा प्रमुख अतिथि शिवराज नगरपालिकाकि नगर उप प्रमुख शिवकुमारी थारुले कोरोना र अन्य रोगका विरामी बढेर रगतको अभाव भएको समयमा क्लवको कदम प्रशंसनिय रहेको बताउनु भयो । उहाँले आउँदो दिनमा समेत यस्ता सामाजिक क्षेत्रका काम गर्न सबैलाई आग्रह समेत गर्नुभयो । साथै उहाले छिमेकि पालिका कृष्ण नगरमा झाडापखालाको महामारी फैलिएको भन्दै सबैलाइ सचेत रहन आग्रह समेत गर्नु भयो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण रक्तदान कार्यक्रमहरू नहुँदा रगत संकलनका नियमित कार्यक्रम नभएकै कारण कोहि कसैलाइ रगत अभाव नहो भन्दै दशैको पुर्व शन्ध्यामा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष शिशिर पोख्रेलले बताउनु भयो ।

रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजना ,रक्त संचार केन्द्र भैरहवाकोे प्राविधिक सहयोग, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाको सहआयोजनामा भएको ब्लड डोनेसन कार्यक्रममा उल्लेख्निय रक्त दाताको सहभागिता रहेको रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुका संयोजक गोपाल बन्जाडेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu