Connect with us
Kapilvast Forest

कैदी बन्दीकाे दशैँ खर्च तीनसय रूपियाँ

२०७८, २१ आश्विन बिहीबारमा प्रकाशित

 

काठमाडौँ- विगत १४ वर्षदेखि बन्दी जीवन बिताइरहेकाहरुले तीन सय रूपियाँमा दशैँ मनाउन वाध्य हुने भएका छन् । यो वर्ष पनि सरकारले तीन सयको दरले बन्दीहरुलाई दशैँ खर्च दिएको छ । यस वर्षको दशैँ नजिकिएसँगै घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई बन्दी जीवनमा समेत चाडपर्वको रमझम देखिए पनि आर्थिक अभाव भने देखिने भएको हो ।

सुधारगृहका रुपमा रहेका बन्दीगृह ९जेल०मा विभिन्न कार्यक्रम गरी दशैँ मनाइन्छ । यो वर्ष पनि दशैँको तयारी थालिएको केन्द्रीय कारागार जगन्नाथ देवल कार्यालयका प्रमुख जेलर तथा उपसचिव बेदनिधि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ अहिले केन्द्रीय कारागारमा बन्दीका लागि दशैँको तयारी हुँदैछ ।” बन्दी जीवन बिताइरहेकाहरुका लागि सरकारले दिएको खर्चबाट नपुग्ने देखिएकाले काठमाडौँ महानगरबाट पनि माग गरिएको छ । मागअनुसार महानगरले दिने कुरा छ, चार(पाँच वटा खसी, बोका, राँगा के दिन्छ, बन्दीलाई पुग्ने गरी मासु खर्च दिन्छौँ, भनेको छ,” जेलर अधिकारीले भन्नुभयो ।

सबैलाई पुग्ने गरी मासु पाउने भएपछि बन्दीहरु पनि खुशी देखिएका छन् । तर सरकारले २०६४ सालदेखि दशैँमा मासु खान भनेर तीन यस रुपियाँ दिएको र अहिलेसम्म त्यति नै दिने गरेको बन्दी बुलेट नारायण ९नाम परिवर्तन गरिएको०ले बताउनुभयो । उहाँ विगत १४ वर्षदेखि यही कारागारमा बन्दी जीवन बिताइरहनुभएको छ । नारायणले भन्नुभयो, “ अहिले किलोको तीन सयको दरले कुनै पनि मासु आउँदैन भने मरमसाला केले किन्ने, लुगा, कपडा कसरी किन्ने, कसरी लगाउने रु” दशैँ खर्च तीन सयमा चित्त नबुझेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “ यहाँ देश विदेशका बन्दीहरु छौँ, घर परिवार पनि भेट्न आउन सक्ने अवस्था छैन, हामीलाई कस्ले दिन्छ, सम्झेर दिन कट्छ ।”

सरकारले वर्षको दुई जोडा कपडा, दैनिक सात सय ग्राम चामाल र खाजा खर्च भनेर ६० रुपियाँको दरले मासिक १८ सय दिन्छ, त्यसले सबै थोक गर्दा नपुग्ने नारायणले बताउनुभयो । ३६ वर्षीय उहाँले अझै चार वर्ष कैद जीवन बिताउन बाँकी छ । लागूऔषध कारोबारमा लहैलहैमा लागेर आफू फसेकोमा उहाँलाई पछुतो छ । उहाँले जटिल कानूनका कारण आफू नछुटेको भन्दै दशैँमा सबै कैदीबन्दी जस्तै आफू पनि टीकाग्रहण गरी दशैँ मनाउने बताउनुभयो ।

केन्द्रीय कारगारमा बिहीबार हुने घटस्थापनादेखि दशैँका लागि विभिन्न कार्यक्रमहरु राखिएका छन् । त्यहाँ तीन हजार २२२ जना कैदीबन्दी छन् । जसमा तीन सय ५४ महिला, एघार सय भद्रगोल कारागार र सत्र सय ६८ जना केन्द्रमा रहेका छन् भने ८४ जना विदेशी कैदीबन्दी छन् । विदेशी कैदीबन्दीमा छिकेकी देश भारतको ५८, पाकिस्तान पाँच, अमेरिका एक, नेदरल्यान्डस् एक, मलेसिया एक, नामिबिया एक, जर्मनी एक, इटाली एक, आइभोरी कोस्ट एक, फ्रान्स एक, चीन छ, आङगोला एक, बंगलादेश पाँच, नाइजेरियाका एक जना कैदीबन्दी छन् ।

विहान १० बजेदेखि साँझसम्म घरका आफन्त तथा नातेदार लागि सुरक्षाबीच टीका तथा आशीर्वाद आदानप्रदान गर्न समारोहको आयोजना गरिने जेलर अधिकारीले बताउनुभयो ।

यस्तै सरकारले दिने दशैँ खर्च कम भए पनि रमाइलो गरी मनाउने तयारी रहेको महिला कैदीबन्दीका प्रमुख माया तामाङ्गले बताउनुहुन्छ । उहाँले भन्नुभयो,“ चार(पाँच वटा खसी काट्ने तयारी छ, त्यसैको लागि छलफल गर्दैछौँ । दशैँ, तिहारजस्ता चाडपर्वमा कारागारमा छुट्टै माहोल हुन्छ, हामी यहीँ रमाउछौँ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu