Connect with us
Kapilvast Forest

गठबन्धन सरकारको मूलमन्त्र,दाउपेच र कुर्सी रहेछ:भीम रावल

२०७८, २२ आश्विन शुक्रबारमा प्रकाशित

bhim.jpg

 

काठमाडौं-सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मुक्तक रच्नु भएको छ ।गठबन्धनका दलले आपसमा मन्त्रालय भागबन्डा मिलाएका दिन बिहीबार राति अबेर रावलले ‘गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र’ शीर्षकमा ६ लाइन मुक्त लेख्नु भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका रावलले राजनीति भनेकै दाउपेच र कुर्सी रहेको उल्लेख गर्दै यसकै लागि पार्टी र गठबन्धन गठन भएको आरोप लगाउनु भएको छ ।

साथै उहाँले गठबन्धन सरकारको मन्त्रिमण्डलमा तस्कर र भ्रष्टाचारीलाई मन्त्री बनाइएको दाबी पनि गर्नु भएको छ ।

यस्तो छ,गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र

यही नै हो यात्रा, बुिद्धि, विवेक
कमिशन मन्त्रालय उद्देश्य एक

राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ
यसकै लागि पार्टी र गठबन्धन भएछ

तस्कर होउन् या कोही भ्रष्टाचारी
हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी

गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीेले बिहीबार आपसमा कुन कुन मन्त्रालय लिने तथा ककसलाई मन्त्री बनाउने भन्ने कुरा निश्चित गरिसकेका छन्।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाएका छन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एकरएक जना पनि राज्यमन्त्री पाएका छन्।

सोअनुसार प्रधानमन्त्री बनेको ३ महिनापछि नेपाली कांग्रेसका सभापति देउवाले आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदै छन् भने थपिएका मन्त्रीहरूले शपथ खाँदै छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu