Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीमा रामकुमारीलाई स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव

२०७८, २२ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी गरेको छ ।बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव छ ।

भवानी खापुङलाई राज्यमन्त्री बनाउने प्रस्ताव पेश भएको भन्दै एक नेताले भने, ‘यो प्रारम्भीक छलफलमा गरिएको प्रस्ताव हो । भोलि आकांक्षीहरुसँग बसेर निणर्य गर्छौं ।’प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu