एमाले शिवराज जुट्यो अधिबेशनमा, नगर बाट १३ सय बढि संगठित सदस्यले भाग लिने
न्युज सेन्टर नेपाल,कपिलवस्तु-आगामी कार्तिक ६ गते शनिबार देशभर हुने एमालेको वडा अधिबेशनको तयारी कपिलवस्तुको शिवराजमा पनि पनि सकिएको छ ।कात्तिक ६ गते हुन लागेको वडा अधिवेशन र कात्तिक ९ गते हुने नगर अधिवेशनको तयारीका निम्ति शिवराजका एघार वटै वडाहरुमा वैठक सम्पन्न भएको एमाले शिवराजले जनाएको छ ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष जगत पौडेलले वडा तथा नगर कमिटीमा सर्ब सम्मत नेतृत्व चयन गरिने दावि गर्नु भयो ।विधान अधिवेशनले तय गरकै मितिमा नै शिवराजको एमालेको वडा र पालिका अधिवेशन सम्पन्न र विविद रहित हुने अध्यक्ष पौडेलले बताउनु भयो ।
वडा अधिवेशन सम्पन् गर्नको लागि बसेको तयारी बैठकले सबै वडाका संगठित सदस्यहरुको नविकरण तथा नयाँ सदस्यहरुको अनुमोदन गरेको छ । यो अधिबेशनमा शिवराज नगर बाट १३ सय ८८ संगठित सदस्यले भाग लिने बताईएको छ ।
६ गते अधिबेशन सम्पन्न भए लगत्तै नगर र गाउँ कमिटीको अधिबेशन हुनेछ । वडाबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले नगर र गाउँ कमिटी चयन गर्ने अध्यक्ष पौडेलले बताउनु भयो ।