Connect with us
Kapilvast Forest

बुटवलमा हुने भनिएको एमालेको १० औं महाधिवेशन चितवनमा हुने

२०७८, ४ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौँ — नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १०-१२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो । उहाँका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत हुनुन्छ ।

समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एकरएक जना प्रतिनिधि रहने ज्ञवालीले बताउनु भयो ।यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन बुटवलमा हुने बताउनु भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu