Connect with us
Kapilvast Forest

बाढीपहिरो पिडित किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग एमालेको माग

२०७८, ४ कार्तिक बिहीबारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौँ — एमालेले बाढीपहिरो र डुबानबाट मर्कामा परेका किसानका लागि राहत प्याकेज र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ ।ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले केही दिनअघिको अविरल वर्षासँगै सिर्जित बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मर्कामा परेका किसानलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारलाई निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अवरुद्ध सडक र विद्युत् पुनस् सञ्‍चालन गर्न र घरबारविहीनलाई राहत र पुनर्निर्माण दिन पनि सरकारसँग माग गर्ने निर्णय भएको बताउनु भयो ।

उनका अनुसार असोज १५(१७ भएको विधान महाधिवेशन भव्य र ऐतिहासिक रुपमा सफल भएको निष्कर्ष निकालिएको छ ।विधान महाधिवेशनले पार्टीमा भावनात्मक एकताको काम गरेको समेत उहाँले बताउनु भयो ।

बैठकले मंसिर १०(१२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता ज्ञवालीले जनाउनु भयो । उहाँका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत हुनुन्छ । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एकरएक जना प्रतिनिधि रहने ज्ञवालीले बताउनु भयो ।

 

यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन बुटवलमा हुने बताउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu