Connect with us
Kapilvast Forest

एमालेको पालिका अधिवेशन पनि दुई चरणमा हुने

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – हिजो ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले पालिका अधिवेशनमा जुटेको छ।पर्सि हुने पालिका अधिवेशनकाे लागि तयारी सुरु भएको एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरो तथा डुबानका कारण पालिका अधिवेशन पनि एकैदिन नहुने भएको छ ।

यसअघि एकैदिन पालिका अधिवेशन गर्ने तयारी गरे पनि अब दुई चरणमा अधिवेशन हुने भएको छ । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा ९ गते पछाडि अधिवेशन हुनेछ । अरु ठाउँमा भने तोकिएको मिति अर्थात पर्सि ९ गते नै हुने उहाँले बताउनुभयो ।

यस्तै, हिजो वडा अधिवेशन हुन नसकेका बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा आउँदो १५ गतेसम्ममा अधिवेशन सक्ने एमालेको तयारी छ । हिजो एकैसाथ देशभर वडा अधिवेशन गर्ने भनिए पनि प्राकृतिक विपद्का कारण अधिवेशन रोकिएको हो । रोकिएका धेरैजसो वडामा आउँदो शुक्रवार अधिवेशन हुने र बाँकी रहेका वडामा १५ गतेसम्ममा गरिसक्ने तयारी भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

हिजो ६ हजारभन्दा धेरै वडामा वडा अधिवेशन भएको छ । अधिवेशन भएका वडाको विवरण सङ्कलन भइरहेको छ । वडा अधिवेशन भएका सबै ठाउँमा सर्वसम्मत भएको एमालेले जनाएको छ । एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप हिजो पहिलो चरणमा वडा अधिवेशन गरेको हो ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu