Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवा बाढी पहिरो प्रभावित क्षेत्रकाे अवलाेकन गर्न प्रदेश-१ जाँदै

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो तथा डुबानको अवस्था बुझ्न प्रदेश नम्बर १ जाँदै हुनुहुन्छ ।

उहाँले बाढी पहिरोग्रस्त सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत उच्च प्रशासनिक तथा सुरक्षा पदाधिकारीहरुमार्फत क्षतिको जानकारी लिने र प्रभावितहरुलाई भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा हेलिकप्टरमार्फत सुनसरीको पकलीमा रहेको सशस्त्र प्रहरी बल मुख्यालय बराह वाहिनी पुग्ने पकलीमा सुनसरी जिल्लामा भएको क्षति तथा नोक्सानीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतका पदाधिकारीहरुबाट बिफ्रिङ लिने कार्यक्रम रहेको छ ।

त्यसपछि इलाम र पाँचथर जिल्लामा पहिरोग्रस्त क्षेत्रको हवाई अवलोकन गरी राँके बजारमा प्रशासनिक तथा सुरक्षा पदाधिकारीमार्फत पहिरोग्रस्त क्षेत्रको जानकारी लिने साथै प्रभावितलाई भेट्ने कार्यक्रम रहेको छ । यसैबीच प्रधानमन्त्री देउवा इलाम र पाँचथरको सीमाना राँके बजार आएर बाढी पीडितलाई सम्बोधन गर्नु हुने भएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी बहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले इलामको फाकफोकथुम, माङसेबुङ र चुलाचुली गाउँपालिकाका तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। बाढी पहिरोका कारण पाचँथरमा ३० जना र इलाममा १४ जनाको ज्यान गएको पुष्टि भएको छ ।

प्रधानमन्त्री देउवा बाढीपहिरो तथा डुबान क्षेत्रको अवलोकन गरेर आजै काठमाण्डौ फर्किनु हुनेछ । यसअघि प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रकाे स्थलगत अवलाेकन गर्न सुदूरपश्चिम प्रदेश जानु भएकाे थियाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu