Connect with us
Kapilvast Forest

बाढी, पहिराे पीडितलाई गाँस, बासकाे व्यवस्था गर्नेछाैँ:प्रधानमन्त्री देउवा

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनुभएको छ । आज आइतवार प्रदेश १ को बाढी, पहिरो ग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताउनुभएको हो । उहाँले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढी, पहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरूको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ अहिलेको अवस्था बुझेको छु, काठमाण्डाै गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौँ । साधन, स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौँ । बाढी, पहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भए पनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेछाैँ, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो । अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ ।’

प्रधानमन्त्री देउवाले बाढी, पहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंसा गर्नुभयो । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu