Connect with us
Kapilvast Forest

जन्म दिनको अवसरमा पोख्रेलद्वारा अभिभावकत्व ग्रहण

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु-रोट्रटयाक्ट क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट होतराज पोख्रेल (शिशिर) लेआफनो जन्म दिनको अवशरमा विपन्न परिवारकि एक वालिकाको अभिभाकत्व ग्रहण गर्नु भएको छ ।

उहाँ ले आज परेको २८ औैैं जन्म दिनको अवसरमा कपिलवस्तुको शिवराज ८ मारहेको दुर्गा अधारभुत विध्यालयमा कक्षा तिनमा अध्ययनरत कल्पना पासीको अभिभावकत्व ग्रहण गर्नु भएको हो ।

उहाँले माध्यमिक तह (कक्षा १०) सम्मको पढाईलेखाईका लागि शैक्षिक समाग्री, पाठयपुस्तक, विद्यालय पोसाक लगायत सबै प्रकारका शैक्षिक  सामग्री  उपलब्ध गराउने प्रेसिडेन्ट पोख्रेले प्रतिबद्धता जनाउनु भयो ।कल्पना पासीको अभिभावक बाबु ब्लड क्यान्सर र दाजु पनि अपांग रहेकाले आर्थिक अवस्था कमजोरी भए पनि उनलाई अध्ययनमा असर नपरोस भन्दै आफुले यो कदम चालेको बताउनु भयो ।


उहाँले यो भन्दा पहिलेका जन्म दिनमा पनि नेपाल आदर्शमा अध्ययनरत एक विध्यार्थीलाई अध्ययनको लागि सहयो गर्नु भएको थियो ।उहाँले आज पनि विभिन्न शैक्षिक सामग्री प्रदन गर्नु भएको थियो ।शैक्षिक सामगी्र पाए पनि उनले खुसि ब्यक्त गरीन ।अभिभावकत्व कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य निर्मला सुनार , दुर्गा प्रा वि विसनपुरका प्रधानाध्यापक शारदा पोख्रेल , अन्य शिक्षक लगायतको उपस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu