Connect with us
Kapilvast Forest

विरजङ्गको स्मृतिमा श्रद्वान्जली सभा

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु -नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले केन्द्रीय सदस्य वीरजङ्गको सम्मान र स्मृतिमा श्रद्धाञ्जली सभा कपिलवस्तुको शिवगढी आफ्नै निवासमा सम्पन्न गरेको छ ।

२०१७ साल फागुन ७ गते रोल्पाको इरिवाङमा जन्मेका चन्द्रबहादुर चन्दको स्वास्थ उपचारकै क्रममा २०७८ साल असोज २८ गते देहावसान भएको थियो । आफ्नो जीवन कालमा भएका नेपाली क्रान्तिका विभिन्न चरणहरू पार गर्ने क्रममा महत्वपूर्ण योगदान दिँदै आएका वीरजङ्गको असामयिक निधनले चन्द परिवार, समग्र पार्टी पङ्क्ति स्तब्ध हुनुका साथै क्रान्तिमा अतुलनीय क्षति पुगेको कुरा स्मरण गराउँदै
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले मुलुक दुर्घटना पर्न सक्ने सम्भावना रहेको बताउनुभयो । अहिले जसले जे गरेपनि,जे बोलेपनि हुने अवस्था आएकोले यो अवस्थामा देशको चिन्तन गर्ने बेला आएको बताउनुभयो ।

कपिलवस्तुको शिवगढीमा आयोजित पार्टीका वरिष्ठ नेता केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द बिरजंगको शोक सभामा बोल्दै विप्लवले एक कुशल अभिभावक गुमाउँदा पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभयो ।
विगत देखिनै कम्युनिष्ट आन्दोलनमा सारिक भई विभिन्न सर्घष गर्नुभएका चन्दको योगदानको प्रशसा गर्दै देश र जनताको लागि केहि समय जेल जिवन पनि बिताएको स्मरण गर्नुभयो ।

विप्लवले काग्रेसले मुलुकमा गरेको योगदानमा प्रशंसा गर्दै पछिल्लो समय देशलाई राजनितिक दलहरुले अस्थिरताको बाटोमा लागेको बताउनुभयो । टिकाउ सरकार बनाउन नसकि धेरै सख्यामा मन्त्रीमण्डल तथा गठन र राजिनामा बाहेक अरु केहि गर्न नसकेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सहभागी सम्पूर्ण पार्टी कार्यकर्ता तथा जन समुदायले कार्यक्रमको सुरुवातमा एक मिनेट शिर झुकाएर वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सथै सबैले पालैपालो उनको फोटोमा अबिर र फूलमाला चढाइ श्रद्धा अर्पण गरेका थिए ।

नेकपा कपिलवस्तु जिल्ला कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै माओवादी पार्टी केन्द्रिय प्रवक्ता कृष्ण बहादुर महराले स्वर्गीय वीरजङ्गलेसाम्राराज्य वाद सँगको लडाई नसकिएको बताउनुभयो । अझै क्रान्ती नसकिएको भन्दै सबै कम्युनिष्टहरु एक हुनुपर्ने तर्क राख्नुभयो ।
पूर्व सभामुख समेत रहनुभएका महरा अन्तराष्ट्रिय शक्तिहरुले नेपाललाई आखाँ लगाएको एमसिसि मार्फत नेपाललाई गलत दिशा तर्फ लैजान लागेको बताउनुभयो । उहाँले नेपाललाई एमसिसिको कारणले नेपाललाई पराधिन बनाउने बताउनुभयो । जनताको गोलबन्द बनाउँदै क्रान्ती र विद्रोह आवश्यक रहेको जिकिर गर्नुभयो । सामन्तहरुले फेरी टाउँको उठाउन खोजेको भन्दै त्यसको अन्त्यको लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । महराले विरजंग प्रति श्रदान्जली व्यक्त गर्दै एक होनाहार व्यक्ति गुमाउनुपर्दा पिडा भएको बताउनुभयो ।

महराले वीरजङ्ग अत्यन्त इमानदार छवि भएका नेता क्रान्तिकारी पार्टी निर्माण र कम्युनिस्ट आन्दोलनका योद्धा, क्रान्तिका अभिभावक एवम् कुशल सङ्गठकको दृढतालाई पार्टी अगाडि बढाएको एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि बढाउने बताए ।

उनले नेता वीरजङ्गको मृत्युको कारण अमानवीय व्यवहार भएका राज्यसत्ता र शासकहरू पनि दोषी भएको बताए ।
।कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले कार्यक्रम पार्टीका नेता कार्यक्रमताहरुले विरजंगको फोटोमा माल्यपर्ण गरेका थिए ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली लगायत अन्य नेता कार्यकर्ता श्रद्वान्जाली व्यक्त गरेका थिए र अन्य राजनितीक दलका नेता, कार्यकर्ता , युवा , समाज सेवि, बुद्धिजिवी , सुभचिन्तकको उपस्थिति रहेको थियो ।

नेकपा केन्द्रिय सदस्य तथा अर्घाखाँची र कपिलवस्तु इन्चार्ज जुझारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीले गर्नु भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu