Connect with us
Kapilvast Forest

संसदको चालु अधिवेशन अन्त्यको तयारी

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं- सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको छ । बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्न सक्ने एक मन्त्रीले बताए ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पनि सरकारले संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको जानकारीमा रहेको बताएको छ । ‘बुधबारसम्मको सल्लाह अनुसार आजको मन्त्रिपरिषद् बैठकमा अधिवेशन अन्त्यको प्रस्ताव मन्त्रिपरिषदमा जान्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘आज केही भएर प्रस्ताव नजान पनि सक्छ वा प्रस्ताव गए पनि निर्णय हुन्छ हुँदैन वा त्यो मन्त्रालयले भन्न सक्दैन् ।’

 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले पछिल्लो समय सभामुख अग्नि प्रसाद सापकोटालाई निरन्तर भेटिरहेका छन् । पछिल्लो समय मंगलबार र बुधबार सभामुखसँग भेटेका कानुनमन्त्री बडुले सरकारले अधिवेशन अन्त्यको तयारी गरेको जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष प्रस्ताव गर्नुपर्ने हुन्छ । सरकारको सिफरिसमा संसदको अधिवेशन शुरुवात गर्ने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu