Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेले आज स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरमा रहेको तुलसीराम स्मृति प्रतिष्ठानमा दिउँसो ४ बजे बस्ने बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुनेछ ।

एमालेले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा गएको कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ । १० औँ महाधिवेशन आउँदो मङ्सिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu