एमालेको चितवनमा हुने १०औं महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने
काठमाडौं स- आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय ३६ प्रतिनिधिहरू सहभागी हुने भएका छन्।
बिहीबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले एक हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।
उहाँका अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक हजार पाँच सय पार्टी सदस्यबाट तीन जना प्रतिनिधि छनोट हुने छन्। भूगोल कमिटीहरूबाट कुल एक हजार एक सय ९६ जना प्रतिनिधि छानिने ज्ञवालीले बताउनु भयो ।
बाँकी गैर भूगोलबाट तीन सय ४० जना गरी कुल एक हजार पाँच सय ३६ प्रतिनिधि छानिने छन्। ‘महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको छ’ ज्ञवालीले भन्नु भयो ।