Connect with us
Kapilvast Forest

बार एशोसिएसन परिसरमा वकिलबीच कुटाकुट

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं – नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

 

कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।

चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए । न्यौपानेले चाहिं ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu