कपिलवस्तुमा ब्राउन सुगर सहित एक युवा पक्राउ
कपिलवस्तु-प्रहरीले कपिलवस्तुमा ९२ ग्राम ब्राउन सुगर(खैरो हिरोइन)सहित एक युवा पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरी टोलीले बिहिबार जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकरचौडाबाट वाणगंगा नगरपालिका ८ धनेशपुर बस्ने २७ वर्षिय विजय खत्रीलाई पक्राउ गरेको हो ।
खान तलासी गर्दा खत्रीर्ले लगाएको भित्री वस्त्रभित्र कालो प्लास्टिकको पोकामा ९२ ग्राम ४ मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरिएको प्रहरीे जनाएको छ । खत्रीलाई पक्राउ गरि लागु औषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तु प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ ।