Connect with us
Kapilvast Forest

भोलि कपिलवस्तुका विभिन्न ठाउँमा साँझसम्म विद्युत सेवा अवरुद्ध हुने

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

विद्युत् मर्मतका लागि पोल चढेका इलेक्ट्रिसियनको खसेर मृत्यु

कपिलवस्तु-कपिलवस्तुका विभिन्न ठाउँमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । भोलि (शनिबार) बिहान ७ बजेबाट बेलुका ५ बजे सम्म बुस कटिङ तथा जम्पर मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशानालय तौलिहवाले जनाएको छ ।

 

चन्द्रौटा सवस्टेशनबाट सप्लाई भएको तौलिहवा वितरण केन्द्र अन्तरगत ३३ केभी लाइनमा बुस कटिङ तथा जम्पर मर्मत सम्भार गने भकाले नेपाल विद्युत तौलिहवा वितरण केन्द्र अन्तरगतका तौलिहवा सव स्टेशन, जीतपुर सव स्टेशन, लवनी सव स्टेशन र घनचौरा सव स्टेशनबाट सप्लाई भएका सम्पूर्ण विद्युत लाईन अवरुद्ध हुने विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशानालय तौलिहवाले जनाएको छ । साथै निर्धारित समयभन्दा पहिला काम सम्पन्न भएमा सो समय अगाडीनै विद्युत सप्लाईहुने पनि जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu