शिवराजमा बृहत यौनिकता शिक्षा सम्वन्धी अभिमुखिकरण गोष्ठी
कपिलवस्तु -बृहत यौनिकता शिक्षा सम्बन्धि कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ मा वृहत यौनिकता शिक्षा सम्बन्धि स्थानिय सरकार र साझोदारीहरुसगँ कार्यशाला गोष्ठि तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
संयुक्त राष्टसंघिय जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग सिसो नेपाल र शिवराज नगरपालिकाको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बृहत्त यौनिकता शिक्षाको वारेमा किशोर किशोरीहरुलाई जानकारी गरि बालबालिकाहरुले उमेर नपुगी गर्ने विवाह र सानै उमेरमा हुने गर्भधारणलाई न्यूनिकरण गर्न सहयोग गर्ने उद्धेश्यले उक्त अभिमुखिकरण सञ्चालन गरिएको आयोजक सस्थाले जनाएको छ ।
कार्यक्रमको प्रमुख प्रमुख अतिथिका रपमा सहभागि रहन भएका शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले स्वास्थ र शिक्षाको विषयमा प्रष्ट पाद
ग्रामिण भेगमा किशोर किशोरीहरु र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा किशोर किशोरीको भविस्यमा समस्या परेको महसुस गरि यौन शिक्षा लाई सवैले बुझि सहजरुपमा लिनु पर्नेमा कार्यक्रममा जोड दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यौनिकता शिक्षा महत्वपुर्ण वषयको रुपमा रहेको बताउनु भएको थियो । उहाँहरले
यौन शिक्षाकै अभावले वाल विवाह बहुविवाह हिंसा हत्या समेत भएकाले यसलाई मानविय आवश्यकताका आधारमा बुझि यसको असर र प्रभावबारे जानकारी दिनु पर्नेमा छलफल गर्न आवश्यक रहेको भनाई राख्नु भएको थियो ।
पाठ्यक्रममा आधारित यौनिकता सम्बन्धीे ज्ञान, संवेग, शारीरिक र सामाजिक पक्षहरूको सिकाइ प्रक्रिया नै बृहत यौनिकता शिक्षा भएको तालिमका सहजकर्ता कार्यक्रममा सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द शुवेदिलेले बताउनु भयो । यौनिकता शिक्षाले बालबालिका तथा युवाहरूलाई ज्ञान, सिप, अभिवृत्ति र मूल्यहरूसम्बन्धी आफ्नो र अरुको अधिकार सुनिश्चित र सुरक्षित गर्न सहयोग गर्ने उहाँको भनाई थियो । विद्यालय पाठ्यक्रममा अनिवार्य विषयका रुपमा समावेश गरी अध्यापन गरितापनि हाम्रो समाज र नीति निर्माताहरुलाई यौनिकता शिक्षाको महत्व बुझाउन नसकिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका सामाजिक विकाश समितिका संयोजक चन्द्र बहादुर गहतराज, कार्यक्रममा शिवराज नगरपालिकाका प्रसासकिया अधिकृत गणेश प्रसाद अर्याल, स्वास्थ शाखा प्रमुख चुडामणि भट्राई, शिवराज नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष, कृष्णनगर नगरकालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थि, विजयनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरीहर बेल्वाशे, शिक्षक, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।