Connect with us
Kapilvast Forest

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन : ६ विद्यार्थी संगठन

२०७८, १३ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं -६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्। समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ राष्ट्रिय जनमोर्चा निकट अखिल छैठाैँका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम-नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन्।

‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरूमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ।’६ विद्यार्थी सङ्गठनले विज्ञप्तिमा भनेका छन्,’बहुसङ्ख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन ।’ विज्ञप्ति र शालीन आग्रहलाई बेवास्ता गरिए कडा सङ्घर्षमा उत्रन बाध्य हुने उनीहरूको चेतावनी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu