Connect with us
Kapilvast Forest

राष्ट्र बैंकको निर्देशन २४ घण्टामै खारेज

२०७८, १४ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रवार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पौडेलले शनिवार अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिनु भयो । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटाएको थियो । केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको थियो ।

यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भनेको थियो । छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख थियो ।

सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जानकारी दिएको थियो । त्यस्तै ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिँदै बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने शुक्रवार बताएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu