कपिलस्तुबाट अवैध राँगा भैँसी प्रहरीको नियन्त्रणमा
कपिलबस्तु-कपिलबस्तुबाट अबैध रुपमा रुपन्देही तर्फ लैजादै गरेका पशु चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.– ०३ झरुवा बाट रुपन्देहि तर्फ लैजादै गर्दा प्रहरी चौकी लबनीबाट खटिएको प्रहरीले सोमबार साँझ अन्दाजि तिन लाख मुल्य बरावरका १० वटा पशु चौपाय (एक वटा भैँसी ३ वटा पाडि र ६ वटा राँगा) नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गस्ती टोलीलाई देख्नासाथ तस्करहरुले रागाँ, भैसी र पाडापाडीलाई छाडी फरार भएका छन ।नियन्त्रण्मा लिइएका पशु चौपाय आबश्यक कारबाहीको लागी सुठौली भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।